राजनीति


प्रचण्डको गुनासो : मलाई सिद्याउन एमालेले चितवनमा महाधिवेशन राख्यो

प्रचण्डको गुनासो : मलाई सिद्याउन एमालेले चितवनमा महाधिवेशन राख्यो

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १४:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिद्याउने रणनीतिसहित एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बताएका छन्। 

चितवनमा एमालेले गर्न लागेको महाधिवेशनको विरोध गर्दै आएका प्रचण्डले सोमबार चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा यसो भनेका हुन्।

‘प्रचण्डलाई सिध्याउने अधिवेशन हो त्यो। त्यहाँ के को छलफल हुनु। छलफल हुने पनि होइन, केही पनि होइन, केपी ओलीलाई नेता भन्ने हिँड्ने अधिवेशन हो । त्यस्तो नि अधिवेशन हुन्छ त ?,’ प्रचण्डले भने, ‘चितवनमा ल्याउनुको उद्धेश्य माओवादी सिध्याउनु हो। तर, मैले केपीजीलाई धन्यवाद भनेको छु। चितवनमा ल्याइदिनुभयो, यहाँका जनतालाई फाइदा हुने भयो। यहाँका व्यवसायीले अलिकति भए पनि नाफा लिने भए।’

उनले एमालेको महाधिवेशनमा आफूलाई वक्ताका रुपमा निम्तो गरिएको पनि बताए। 

तर, जाने वा नजानेबारे आफूले पार्टीमा छलफल गर्ने जवाफ दिएको पनि दाहालले बताएका छन्। 

‘मलाई अस्ति निम्ता गर्नुभयो। वक्ताका रुपमा बोलाउनु भएको छ । त्यो बाहेक म बोल्दिनँ’, उनले भने,  ‘वक्ताका रुपमा आउन भन्दै चिठी लिएर आउनुभएको थियो एकजना एमाले नेता।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad