ad ad

राजनीति


पार्टीको अभियान सञ्चालन गर्न बाबुराम भट्टराई १२ दिनका लागि आज गृहजिल्ला गोरखा जाँदै

पार्टीको अभियान सञ्चालन गर्न बाबुराम भट्टराई १२ दिनका लागि आज गृहजिल्ला गोरखा जाँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ६:५४, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानका लागि आज (सोमबार) गृहजिल्ला गोरखा जाँदै छन्। 

विकास र समृद्धिमा योगदान पुर्याउने लक्ष्यसहित ‘सुज’ अभियान सञ्चालन गर्न लागिएको जसपाले जनाएको छ। 

यस क्रममा गोरखामा कात्तिक २२ (आज) देखि मंसिर ३ गतेसम्म सुज अभियान सञ्चालन गरिने जसपा जिल्ला कार्यसमिति (गोरखा) ले जानकारी दिएको छ। अभियान गोरखाका सबै गाउँपालिका र नगरपालिकामा सञ्चालन हुने बताइएको छ। 

त्यही अभियानमा सहभागी हुन पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराई आज गोरखा जाने भएका हुन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले गोरखामा रहँदा जसपाका मात्र नभई अन्य पार्टीका समेत नेता/कार्यकर्ता, बौद्धिक तथा विकास योजनासम्बद्ध व्यक्तिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

साथै डा. भट्टराईले गोरखाका विभिन्न समस्या पहिचान र समाधानबारे पनि अन्तरसंवाद गरी सल्लाह सुझाव लिने रहेको जसपाले जानकारी दिएको छ। 

कहाँ कहिले कार्यक्रम? 
–सोमबार कात्तिक २२ मा घ्यालचोक, दर्बुङफाँट, ढाबे र फुजेलमा कार्यक्रम रहनेछ। २३ गते घैरुङ, नामजुङ र बोर्लाङमा कार्यक्रम हुनेछ।

–कात्तिक २४ मा बालुवा, थुमी र मान्बुमा कार्यक्रम हुनेछ। जिल्ला कार्यसमिति गोरखाका अनुसार २५ गते लिदिङ, लापुबेंसी, खानीबेसी र माछिखोलामा कार्यक्रम छ। २६ गते लप्सिबोट, यामागाउँ, गुम्दा र लाप्राक कार्यक्रम हुनेछ। 

–कात्तिक २७ गते लाप्राकबाट वारपाक जाने र त्यहीँ कार्यक्रम हुने जसपाको जिल्ला कार्यसमिति (गोरखा) ले जनाएको छ। २८ गते बारपाक, सौरपानी, स्वाँरा र देउरालीमा कार्यक्रम आयोजना हुनेछ भने २९ गते सातदोबाटो, बगुवा, ताप्ले र नारेश्वरमा कार्यक्रम हुनेछ। 

–कात्तिक ३० गते सिरान्चोक, छेपेटार र पालुङटारमा कार्यक्रम हुने तालिका छ। मंसिर १ गते दूधपोखरी, मुर्गे, पाडेबारी, ओख्रेनी, सिचौर, केराबारीमा पनि सुज अभियान कार्यक्रम सञ्चालन हुनेछ।

–मंसिर २ गते भिरसिङ, धारापानी, भच्चेक, सिरानडाँडा र मुच्चोकमा कार्यक्रम हुनेछ। मंसिर ३ गते झ्याल्लाको कार्यक्रमपछि बालुवामा स्वास्थ्य शिविर कार्यक्रम गरेर गोरखाको अभियान सम्पन्न गरी अध्यक्ष भट्टराई काठमाडौं फर्किने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .