ad ad

राजनीति


ओलीको गुनासो : एमाले सरकारमा हुँदा भ्रम फिँजाए, प्रचार युद्ध चलाए

टिकटक र फेसबुकमा नभएका कुरा भाइरल गरेको गुनासो
ओलीको गुनासो : एमाले सरकारमा हुँदा भ्रम फिँजाए, प्रचार युद्ध चलाए

नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १५:१३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार हुँदा प्रचार युद्ध चलाइएको बताएका छन्। 

कर्णाली प्रदेश सम्पर्क कमिटीको आइतवार भएको देउसी भैलो कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।  

'अहिले ठीक मानिस र सरकारविरुद्ध भ्रम फैल्याउँछन्। एमाले सरकारविरुद्ध प्रचार युद्ध चलाए। प्रचार हमला गराए', उनले भने, 'हामीले दुई चार अर्ब करोड खर्च गरेर चलाउन सक्दैनौँ। तिनीहरुको आवाज सुन्नुस् त तिनीहरुलाई कसले चलाएको हो? टेलिभिजन सुन्नुस् त्यसको आवाजले नै कसका लागि चलाएको भन्छ।'

ओलीले आफूले माधव नेपाललाई लक्षित गर्दै बोलेको कुरा पनि टेलिभिजनले तोडमोड गरेको बताए। 'मैले एक ठाउँ बोलेको थिएँ, एकजना नेताले पद नभइ भएन भन्छन्। मैले एकजनाले पद नभइ हुँदैन भनेको कुरालाई टेलिभिजनले 'पद नभइ हुँदैन' भनेको मात्रै क्लिप देखाउँछन्। मलाई त पद नभइ बस्नै सक्दिनँ भनेर भाइरल बनाउँछन्। यसरी भ्रम फिँजाउँछन्। टिभी र टिकटकमा पनि हालेछन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .