राजनीति


राजेन्द्र राई मन्त्रिपरिषदको निर्णय : अघिल्लो सरकारले गरेका नियुक्ति खारेज

राजेन्द्र राई मन्त्रिपरिषदको निर्णय : अघिल्लो सरकारले गरेका नियुक्ति खारेज

कृष्ण बहाब
कात्तिक १६, २०७८ मंगलबार २०:२१, काठमाडौँ

गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदको बैठकले भीमप्रसाद आचार्य मुख्यमन्त्री हुँदा गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरु खारेजीको प्रकृया सुरु गरेको छ।

मंगलबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधान सम्मत नभएको ‘तर्क’ दिँदै त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रकृयामा लैजाने निर्णय गरेको हो।

बैठकले प्रदेश १ का १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसंख्यक, र सीमान्तकृत समुदाय मध्येबाट एकएक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषदको बैठकले लोपोन्मुख, संस्कृति संरक्षणको लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .