राजनीति


'क्रान्तिकारी कम्युनिष्टहरु ओलीसँग छन्, बेकारमा प्रचण्डको पछि लागिएछ'

'क्रान्तिकारी कम्युनिष्टहरु ओलीसँग छन्, बेकारमा प्रचण्डको पछि लागिएछ'

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १५:५२, काठमाडौँ


नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले सही क्रान्तिकारी कम्युनिष्टहरु केपी शर्मा ओलीसँगै रहेको बताएका छन्। 

चितवनको माडीमा एमाले नगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा साहले यस्तो बताएका हुन्। 

नेकपा विभाजनपछि पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर ओलीतिर लागेका उनले माडीस्थित रामसीताको मूर्ति प्रतिस्थापित गरिएको अयोध्याधामलाई ठूलो धार्मिकस्थल बनाउनुपर्ने बताए। 

'घर घरबाट पैसा उठाएर भए पनि अयोध्या धाम बनाऊँ', उनले भने, 'केपी ओलीसँग आमनेपाली छन्। देशबासी छन्। कुनै हालतमा यो कदमलाई अघि बढाउनुपर्छ।'

उनले अहिले आफूहरु पुरानो एमालेमा नभएर नयाँ एमालेमा रहेको बताए। 'अहिले एमाले र माओवादी अलग भयो भन्ने छ। तर हामी अहिले नयाँ एमालेमा छौँ', उनले भने, 'सही क्रान्तिकारी कम्युनिष्ट केपी ओलीसँग छन्। बेइमानहरु मात्रै बाहिर छन्।'

उनले आफूहरुले सही नेतृत्व नपाएर अलमलमा परेको पनि बताए। 'हामीले सही नेतृत्व ठम्याउन सकेनौँ। प्रचण्डजीको बोलाई र गराईमा फरक छ। प्रचण्ड किसान मजदुरको योगदानबाट नेता हुनु भयो', उनले भने, 'तर 
अहिले हामीलाई पनि लाग्छ किन यस्ता नेताको पछाडि लागिएछ।'

उनले आफूहरु कम्युनिष्टले देश बनाउँछ भनेर लडे पनि पछुताउने अवस्था आएको बताए। उनले चितवनमा प्रचण्डले राजनीतिक दाग लगाएको पनि बताए।

'प्रचणड र प्रचण्डकी छोरीले गरेको खेल भरतपुरको लागि राजनीतिक दाग हो', उनले भने, 'हामीले नेपाल बनाउन सकिन्छ भन्ने लागेको छ। त्यसैले अहिले हामी केपी ओलीसँग गोलबन्द भएका छौँ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad