राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवकाे जिम्मेवारी विष्णु कुमार ढकाललाई दिइएको छ।
युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को ब्यवस्था नहुँदासम्म राखेपको सदस्य सचिवको जिम्मेवारी दिईएको पोखरेलले बताए।
72
Shares

प्रतिक्रिया