राजनीति


प्रदेश १ का मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १५:३०, काठमाडौँ

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा पत्र बुझाएका छन्। 

सोमबार अपरान्ह प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष राजीनामा बुझाएका हुन्। 

मुख्यमन्त्री आचार्यले सोमबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका थिए। त्यसलगत्तै उनी राजीनामा पत्र लिएर प्रदेश प्रमुख समक्ष गएका हुन्।

मुख्यमन्त्री आचार्य विश्वासको मत लिने तयारीमा थिए। तर विश्वासको मत नपाउने अवस्थामा भएपछि उनले सरकारका कामबारे प्रदेशसभा बैठकमा जानकारी गराएर राजीनामा दिएका हुन्। 

उनी गत भदौ १० गते प्रदेश १ का दोस्रो मुख्यमन्त्री बनेका थिए। आचार्यले गत कात्तिक ५ गते विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गरेका थिए। 

अहिले प्रदेश १ मा ९२ सांसद छन्। जसमा एमालेका ४१ सांसद छन्। विश्वासको मत लिन आचार्यलाई ४७ संख्या आवश्यक थियो।

विश्वासको मत लिन आवश्यक ६ मत जुटाउन नसकेपछि आचार्य बाहिरिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .