राजनीति


अहिले अदालतको भाँडभैलो केपी ओलीको सेटिङका कारण : रामचन्द्र पौडेल

अहिले अदालतको भाँडभैलो केपी ओलीको सेटिङका कारण : रामचन्द्र पौडेल

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १९:१३, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले सर्वोच्च अदालतमा देखिएको तनाव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङका कारण भएको आरोप लगाएका छन्। 

प्रदेश २ जाने क्रममा आइतवार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्। 

उनले देशमा अहिलेको अवस्थामा सामान्य नभएको पनि उल्लेख गरे। 'हाम्रा लागि अदालत सबैभन्दा अन्तिम आश्रयस्थल हो। तर त्यहीँ अहिले गम्भीर विवाद चलिरहेको छ। मुद्दाको सुनुवाइ भइरहेको छैन', पौडेलले भने, 'अदालतको अवस्थामा दहरुले के गर्ने भन्ने भएको छ। यसबारेमा गठबन्धन र बाहिर पनि छलफल गर्नुपर्छ।'

उनले अदालतको समस्या समाधानका लागि अब निर्णय लिने बेला भइसकेको पनि बताएका छन्। पौडेलले अहिलेको अदालतको संकटको दोष ओलीमाथि थोपरे।

'प्रधानन्यायाधीश विवादमा मुछिएपछि केपी ओलीले चारजना न्यायाधीशलाई कारबाही गर्नुपर्छ भनेर बिल्कुल गलत कुरा भनिरहेका छन्', उनले भने, 'ओलीले त्यसबेला अदालतमा सेटिङ गरेका थिए। त्यसको गम्भीर संकट र जटिल अवस्था अहिले देखिएको छ।'

उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए। पौडेलले कांग्रेसले आफ्नै शक्तिमा विश्वास गर्ने बताउँदै तालमेलबारे त्यतिबेलै छलफल हुने तर्क गरे। 

उनले आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे बोल्न चाहेनन्। यसबारे आफूहरुले उचित निर्णय लिने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad