राजनीति


'अर्ली इलेक्सन'को कुरै छैन, तर कांग्रेसले एक्लै चुनाव लड्छ'

'अर्ली इलेक्सन'को कुरै छैन, तर कांग्रेसले एक्लै चुनाव लड्छ'

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १९:४, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा अर्ली इलेक्स नहुने बताएका छन्। 

संसद, सरकार र अदालतमा समेत तनाव चुलिइरहेका बेला पौडेलले जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेतृत्वको यो सरकारले पूरा कार्यकाल काम गर्ने बताए। 

'हामी अर्ली इलेक्सनको तयारीमा छैनौँ। अहिले अर्ली इलेक्सनको कुरै छैन', उनले भने, 'यही सरकारले पूरा कार्यकाल बिताउँछ।'

उनले अहिले देशको अवस्था ठीक नभएको पनि बताए। 'अहिले देशको परिस्थिति सहज छैन। संसद राम्रोसँग चल्न पाएको छैन', उनले भने, 'अदालतमा पनि तनाव छ। 
लोकतन्त्रका संस्थाहरु एक एक गरेर कमजोर भएका छन्।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad