अमेरिकी सेनाको आक्रमणमा नेता अबु बकर अल बग्दादी मारिएपछि इस्लामिक स्टेटले नयाँ नेता घोषणा गरेको छ । अबु इब्राहिम अल हासेमी अल कुरेसीलाई इस्लामिक स्टेटले आफ्नो नेता चुनेको सार्वजनिक गरेको छ ।
बग्दादी मारिएको र नयाँ नेता चुनिएको घोषणा गर्दै बिहीबार इस्लामिक स्टेटले अमेरिकालाई ‘खुसी नहुन’ चेतावनी दिएको छ । उक्त संगठनले सात मिनेट ३७ सेकेन्ड लामो अडियो सार्वजनिक गरेको छ । गत आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बग्दादी ‘कुकुरझैँ मारिएको’ घोषणा गरेका थिए ।
अल कुरेसीबारे यसअघि कुनै पनि जानकारी सार्वजनिक नभएको बताइएको छ । उनको वास्तविक नाम र तस्बिर पनि सार्वजनिक छैन । एजेन्सी
3
Shares

प्रतिक्रिया