राजनीति


प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढाउन बोलाइयो संसदीय सुनुवाइ समितिको बैठक

प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढाउन बोलाइयो संसदीय सुनुवाइ समितिको बैठक

शंकर शर्मा भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूत सिफारिस भएका थिए।


नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १३:५८, काठमाडौँ

सरकारले प्रस्तावित राजदूतहरुको नियुक्तिका लागि सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ। 

कात्तिक १६ गते २ बजे बैठक बोलाइएको हो। सरकारले केही दिनअघि बेलायत, अमेरिका र भारतको लागि राजदूत नियुक्त गरेको थियो। 

सुनुवाइ समितिले राजदूतको नियुक्त प्रक्रिया अघि बढाउने क्रममा उनीहरुविरुद्ध उजुरी आह्वान गर्नेछ। 

विरोध र उजुरीका सूचना संकलन गरेपछि बस्ने बैठकमा प्रस्तावित राजदुतलाई बोलाएर सुनुवाइ हुन्छ। 

संसदीय संघीय संसद्को संयुक्त समिति हो । यो समितिको सभापति लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण सभापति छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad