डिभोर्स गरिसकेकी पत्नीलाई बलात्कार गरेको आरोपमा सुनसरीको धरानबाट एकजना व्यक्ति पक्राउ परेका छन्।
डिभोर्स गरिसकेकी पत्नीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले वडा नं. १५ निवासी भोजराज थापा 'फडिन्द्र'लाई पक्राउ गरेको हो।
इप्रका धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार पूर्वपत्नीलाई करणी गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन्। उक्त घटना यही बिहीबार भएको बताइएको छ।
पीडितका छोराछोरी दुवैले घटनाबारे पनि बयान दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी कुँवरले बताएका छन्।
'उनीहरुबीच डिभोर्स भइसकेको हो । तर, जवरजस्तीकरणी गरेको उजुरी परेको छ', उनले भने, 'छोराछोरीले समेत घटना भएको बताएकाले पक्राउ गरेर अनुसन्धान भइरहेको छ।'
छोराछोरी अर्को कोठामा सुतिरहेको बेला पूर्व पत्नीलाई उनले जवरजस्ती गरेका थिए। उक्त कुरा देखेपछि छोराछोरीलेसमेत प्रहरीलाई बताएका थिए।
प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरिसकेको जानकारी दिएको छ।
Shares

प्रतिक्रिया