राजनीति


एमाले इटहरी : अध्यक्ष-उपाध्यक्ष सर्वसम्मत, सचिव र उपसचिव चुनावबाट

एमाले इटहरी : अध्यक्ष-उपाध्यक्ष सर्वसम्मत, सचिव र उपसचिव चुनावबाट

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १३:४१, इटहरी

इटहरी : नेकपा एमाले इटहरी उपमहानगर कमिटीको अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन भएका छन्। 

अन्य पदाधिकारीहरु चुनावमार्फत निर्वाचित भएका छन्। कात्तिक ९ गते उद्घाटन भएको अधिवेशनको बन्दसत्रबाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः यामकुमार सुब्बा र दुखीलाल चौधरी सर्वसम्मत चयन भएका थिए।

सचिव र उपसचिव शनिबार भएको निर्वाचनले चुनेको थियो । मतदानमा सचिव पदका लागि ४ जनाले उमेद्वारी दिएका थिए। 

जसमध्ये रुपेश बस्नेत २१९ मत ल्याएर निर्वाचित भएका छन्। बस्नेतका निकटतम प्रतिस्पर्धी मदन कार्कीले १४३ मत, राजेन्द्र केशरी घिमिरेले १०५ मत र होम घलेले १९ मत पाए।

त्यस्तै उपसचिवमा २४२ मत ल्याएर जितेन्द्र थापा, २३४ मत ल्याउँदै मन्दिरा भट्टराई निर्वाचित भएकी छिन्। 

उपसचिवका अन्य दावेदार होमनाथ धमलाले ९९, रामचरण चौधरी ९९ मत प्राप्त गरेका छन्।

त्यसैगरि, तोयाकुमारी ढकाल ७४, थिर बहादुर खड्का ५५, भिमप्रसाद पोखरेल ४९,सञ्जु प्रधान ४७ शुकदेव राई ५७ मत पाएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad