राजनीति


सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीश १७ पुगे, सिन्हा र मल्ल पनि थपिए

सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीश १७ पुगे, सिन्हा र मल्ल पनि थपिए

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १३:२७, काठमाडौँ

सर्वोच्चमा जारी न्यायाधीशहरुको प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा दुई जना अरु न्यायाधीश पनि जोडिएका छन्। 

न्यायाधीशद्वय अनिल कुमार सिन्हा र सपना मल्ल प्रधानले पनि इजलास बहिष्कार गरेसँगै सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीशको संख्या १७ पुगेको हो।  

यसबाहेक २ जना न्यायाधीशहरु भने विदामा बसेका छन्।  

न्यायाधीशहरु तेजबहादुर केसी र ईश्वर खतिवडा विदामा रहेका हुन्। उनीहरु तिहारअघि उपस्थित हुनेछैनन्। 

प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरु आन्दोलनमा बसिरहँदा आइतबार वकिलहरुले सर्वोच्चमा धर्ना दिएका थिए। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध न्यायाधीशहरुले विभिन्न आरोप लगाउँदै इजलास बहिष्कार गर्दै आएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad