ad ad

राजनीति


भीमबहादुरका हत्यारालाई कारबाही गर्न दलित मुक्ति संगठनको माग

भीमबहादुरका हत्यारालाई कारबाही गर्न दलित मुक्ति संगठनको माग

मारिएका भीमबहादुर विश्वकर्माको फाइल तस्बिर।


नेपालखबर
कात्तिक १, २०७८ सोमबार १८:४०, काठमाडौँ

चितवनमा मन्दिरमा पूजा गर्ने विषयको विवादमा भीमबहादुर विश्वकर्मा मारिएको भन्दै नेकपा एकीकृत समाजवादीनिकट नेपाल दलित मुक्ति संगठनले दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। 

संगठनका अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ति जारी गरी घटनाको घोर भर्त्सना गरेका हुन्।  

आफ्नो पार्टी तथा संगठनका पदाधिकारीले स्थलगत अवलोकन गर्दा चितवन वडा नम्बर ४ का ५८ वर्षीय विश्वकर्मालाई मन्दिर प्रवेशकै निहुँमा कु्टपिट गरी मारिएको दाबी विज्ञप्तिमा गरिएको छ। 

गत असोज २७ गते बिहान विश्वकर्माको हत्या भएको थियो। 

याे पनि :

यही मन्दिर हो, जहाँ दलितले पनि पूजा गर्न पाउनुपर्छ भन्दा भीमबहादुर मारिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .