ad ad

समाज


आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १८:३९, काठमाडौँ

नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ।

कोभिड संक्रमणका कारण विरामी रहेका महर्जनको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार एक साताअघि कोभिड संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उनी सुनचाँदी व्यवसाय सँगसँगै राजनीतिमा पनि संलग्न थिए। महर्जन विवेकशील साझा पार्टीमा संलग्न थिए।

यस अघिको स्थानीय निकायको निर्वाचनमा उनी ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .