ad ad

समाज


यही मन्दिर हो, जहाँ दलितले पनि पूजा गर्न पाउनुपर्छ भन्दा भीमबहादुर मारिए

यही मन्दिर हो, जहाँ दलितले पनि पूजा गर्न पाउनुपर्छ भन्दा भीमबहादुर मारिए

तस्बिर : महावीर विश्वकर्माबाट।


नेपालखबर
कात्तिक १, २०७८ सोमबार १८:७, काठमाडौँ

प्रस्तुत तस्बिर चितवनको त्यही मन्दिर हो, जहाँ दलित समुदायका मानिसले पनि पूजा गर्न पाउनुपर्छ भन्दा भीमबहादुर विश्वकर्मा मारिए। 

जात व्यवस्था उन्मूलन मोर्चाका सचिव महावीर विश्वकर्माका अनुसार भीमबहादुर विश्वकर्माको हत्या घटनामा जोडिएको दुर्गा मन्दिर यही हो, रातो रङ लगाइएको (भरतपुर–४)।

स्थानीय दलितका अनुसार यो मन्दिरमा दलितले प्रवेश गर्न पाउँदैनन्। पहिला यो मन्दिर भएको ठाउँमा चौतारा थियो र मन्दिरचाहिँ सानो थियो। त्यतिबेला पनि दलितले लगेका फूल, अक्षता मन्दिरमा चढाउन पाउँदैनथे, चौतारोमै राखिदिनुपर्थ्यो। पछि यो स्वरूपको भवन निर्माण गरियो र मन्दिर माथिल्लो तलामा बनाइयो, दलितले सहजै मन्दिर प्रवेश गर्न नपाउन् भनेर। 

उनीहरूका अनुसार अहिले सहकारीको अफिस भएको यो तल्लो तलामा पहिला हेल्थपोस्ट थियो। हेल्थपोस्टमा दलितहरू जाँदा मन्दिर छोइने भएकोले हेल्थ पोस्ट नै यहाँबाट झन्डै ३ किलोमिटर पर सारियो। र, यहाँ सहकारीको अफिस राखियो।

‘स्मरण रहोस्, यो त्यही ठाउँ हो, जहाँबाट करिब १ किमिजति पर बैंकटेश्वर मन्दिर छ र केही वर्ष पहिले दलितहरुलाई त्यो मन्दिर प्रवेश गर्न नदिने चलनविरुद्ध ठूलो आन्दोलन भएको थियो’, महावीर विश्वकर्मा भन्छन्, ‘जुन आन्दोलन दलित संघर्षको एक महत्त्वपूर्ण आन्दोलनका रूपमा दर्ज छ। त्यो इतिहासलाई रिफ्रेन्सका रूपमा हेर्दा पनि अहिलेको घटना र यहाँको जातीय विभेदको अवस्था  बुझ्न थप सहयोग मिल्ला भन्ने लाग्छ।’ 

याे पनि : ​चितवनमा ‘हामी दलितले चाहिँ मन्दिरमा पूजा गर्न किन नपाउने?’ भनेपछि हत्या : जात व्यवस्था उन्मूलन मोर्चा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .