ad ad

राजनीति


'संसद चलेन, सरकारले काम गरेन, महाधिवेशन सकेर निर्वाचनमा जाऊँ'

'संसद चलेन, सरकारले काम गरेन, महाधिवेशन सकेर निर्वाचनमा जाऊँ'

नेपालखबर
असोज २४, २०७८ आइतबार १४:६, काठमाडौँ

नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४ औं महाधिवेशन सम्पन्न गरेर तत्कालै निर्वाचनमा जानुपर्ने बताएका छन्। 

काठमाडौं महानगरपालिका-२२ मा आइतबार पार्टीले गरेको कार्यक्रममा उनले महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका हुन्।   

विगतका कमी–कमजोरीबाट पाठ सिकेर शेरबहादुर देउवा नेतृत्वको सरकार अघि बढ्न नचाहेको उनले बताए।

संसद पनि प्रभावकारी बनेर चल्न नसकेकाले संसदीय मूल्य-मान्यताअनुरुप ‘फ्रेस इलेक्सन’ मा जानुपर्ने सिंहले बताए। 

उनले २०७४ को निर्वाचन अगाडिका आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथिको महाअभियोगले जनतामा कस्तो प्रभावित पर्‍यो भन्ने कुरा नबिर्सिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे।

देउवा  सरकारले ८८ दिनपछि पूर्णता पाए पनि सरकारमाथि उठेका गम्भीर प्रश्नहरुलाई ख्याल-ख्याल सोच्न नहुनेमा नेता सिंहको जोड थियो। 

‘पार्टीभित्रका केही मान्छेहरुका गलत कार्यको सिंगो पार्टीले मूल्य चुकाउनुपर्छ। पदमा बस्नेले जे मनलाग्यो गर्ने अनि जनतामा हामीले जवाफ दिँदै ढाकछोप गर्नु पर्ने,’ उनले भने, ‘अनि आफ्नै नेतालाई खुलाउने काम गर्‍यो भन्न मिल्छ?’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .