राजनीति


सरकारले लोकतन्त्रमाथि आक्रमण गरे कांग्रेसले प्रतिकार गर्छः देउवा

सरकारले लोकतन्त्रमाथि आक्रमण गरे कांग्रेसले प्रतिकार गर्छः देउवा

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ८:५,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको आरोप लगाएका छन्।

शनिबार कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ६ ले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले लोकतन्त्रमाथि आक्रमण गरे कांग्रेसले प्रतिकार गर्नुपर्ने बताए। उनले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए।

‘सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ’, पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ।’

पूर्वप्रधानमन्त्री देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाए। सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे। पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उनको भनाइ थियो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बीपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गरे। ‘काङ्ग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने। प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी कांग्रेस संगठन विस्तारमा लाग्नुपर्ने बताए।

सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा काङ्ग्रेस विजयी हुने बताए। निर्वाचनमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने उनको भनाइ थियो।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले हिजोका दिनमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढेमात्र कांग्रेस बलियो हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad