नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन्।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनमा १३५ मत ल्याई उनी सभापति निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरेका छन्।
यस्तै उपसभापतिद्वयमा नवराज अर्याल (१२५) र जमुना तिमिल्सिना (१२३), सचिवद्वयमा राजु फुँयाल (१२६) र शङ्कर तिमिल्सिना (११७), सहसचिवद्वयमा सरस्वती पौडेल (११७) र अप्सरा खड्का (११४) मत प्राप्त गरी विजयी भएका छन्।
यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन्। उनले १५५ मत प्राप्त गरी सभापति पदमा विजय हासिल गरेका हुन्। उनका निकटम प्रतिद्वन्द्वी जन बुढाथोकीले ६८ मत ल्याए।
यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ (१८१) र शम्भु कार्की (१७०), सचिवद्वयमा विजेन्द्र श्रेष्ठ (२०६), विजेन्द्र पुडासैनी (१७१), सहसचिवद्वयमा कुमार खड्का (१४५) र निर्मला आचार्य (पौडेल) १२८ मत ल्याई विजयी भएको निर्वाचन समितिले जनाएको छ।
Shares

प्रतिक्रिया