ग्लोबल


आफ्ना सात अधिकारीलाई इथियोपियाले देश निष्कासन गरेकोमा गुटेरेसद्वारा दुःख व्यक्त

आफ्ना सात अधिकारीलाई इथियोपियाले देश निष्कासन गरेकोमा गुटेरेसद्वारा दुःख व्यक्त

नेपालखबर
असोज १७, २०७८ आइतबार ८:९, काठमाडौँ

आफ्ना सात अधिकारीलाई इथियोपिया सरकारले देश निकाला गरेकोप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियामा गहिरिँदो मानवीय सङ्कट र भोकमरीबारे पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्।

आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै इथियोपिया सरकारले दुई दिनअघि राष्ट्रसंघका सात जना अधिकारीलाई देश निकाला गरेको थियो। द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा मानवीय सहयोग पुर्याउनसमेत इथियोपियाले राष्ट्रसंघलाई प्रतिबन्धसमेत लगाएको छ।

महासचिव गुटेरेसले इथियोपियालाई यस्तो निर्णय लिने अधिकार नभएको भन्दै त्यहाँको सरकारको आलोचना गरेका छन्। महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई इथियोपियाको पछिल्लो निर्णयको विषयमा जानकारी गराएका छन्। उनले इथियोपियामा द्वन्द्व र मानवीय सङ्कट समाधानको विषय थप पेचिलो हुनसक्ने बताएका छन्।

टिग्रेइ क्षेत्रका ५२ लाख नागरिक मानवीय सहायताको पर्खाइमा रहेका राष्ट्रसंघले जनाएको छ। टिग्रेइ क्षेत्रमा मानव अधिकार र आधारभूत मानवीय आवश्यकता परिपूर्तिमा पुग्ने असरले बालबालिका भोकमरीको सिकार हुनसक्ने तर्फ पनि राष्टसंघले चिन्ता व्यक्त गरेको छ। 

तर, यसबारे सुरक्षा परिषद्को आकस्मिक बैठकमा छलफल भए पनि कुनै निर्णय भइसकेको छैन। संयुक्त राष्ट्रसंघले भने इथियोपियामा मानवीय सहयोग नरोकिने र इथियोपिया सरकार संयुक्त राष्ट्रसंघ र यसका निकायसँग सहकार्य गर्न तयार हुने विश्वाससमेत व्यक्त गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad