ad ad

राजनीति


लोसपा छाडेका राजकुमार लेखी एमालेमा प्रवेश गर्दै

एमाले नेता मण्डल भन्छन् : हामी हामी उहाँलाई स्वागत गर्दैछौँ
लोसपा छाडेका राजकुमार लेखी एमालेमा प्रवेश गर्दै

नेपालखबर
असोज १४, २०७८ बिहिबार १४:२, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका नेता राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। 

अघिल्लो प्रदेशसभा चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सप्तरी क्षेत्र नम्बर १ (क) मा पराजित उनले बिहीबारै लोकतान्त्रिक समाजवादीबाट राजीनामा दिइसकेका छन्।

पछिल्लो समय सप्तरीस्थित एमाले नेता कार्यकर्तासँग सम्बन्ध बढाउँदै घुलमिल भइरहेका उनी लोसपा चाहे अनुसार अघि बढ्न नसकेकोमा असन्तुष्ट थिए। 

लेखी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए। उनी एमाले प्रवेश गर्न लागेको पुष्टि एमाले प्रदेश २ मा संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए। 

'हो, उहाँ एमालेमा फर्किन लागेको सत्य हो। विधान महाधिवेशन अगाडि वा पछाडिको उपयुक्त समयमा उहाँलाई स्वागत गर्दैछौँ, एमाले स्थायी कमिटी सदस्यसमेत रहेका मण्डलले नेपालखबरसँग भने, 'उहाँलाई मूल घरमा स्वागत गर्न पाउँदा खुसी छौँ। धेरै नेता कार्यकर्ताहरु विस्तारै एमालेमै आउनुहुन्छ।'

जसपाबाट उठेका लेखीलाई यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवार मण्डलले नै पराजित गरेका थिए। 

स्रोतका अनुसार एमालेले शुक्रबार ललितपुरको गोदावरीमा सुरु हुने पहिलो विधान अधिवेशन उद्घाटन सत्रमै स्वागत तयारी गरेको छ। 

लेखीले नयाँ राजनीतिक यात्रा थाल्ने भन्दै लोसपा नेपालबाट राजीनामा दिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .