राजनीति


राजकुमार लेखीले छाडे लोकतान्त्रिक समाजवादी पार्टी

तीन ठूला दलमध्ये एकमा जाने सम्भावना
राजकुमार लेखीले छाडे लोकतान्त्रिक समाजवादी पार्टी

नेपालखबर
असोज १४, २०७८ बिहिबार ११:२, काठमाडौँ

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन्। 

उनले बिहीबार बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष पद त्याग गरेको पत्र बुझाएका छन्। 

नेता लेखीले नयाँ राजनीतिक यात्राको थालनी गर्न लोसपाको कार्यकारणी समितिको सदस्यबाट राजीनामा दिएका बताएका छन्। 

‘म यसपार्टीको केन्द्रीय कार्यकारणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

नेता लेखीले वैकल्पिक शक्ति बनाउने अभियानमा सफलता प्राप्त नभएपछि आफूले पार्टी परित्यागको निर्णय गरेको प्रतिक्रिया दिएका छन्। 

‘सानो पार्टीमा रहेर राजनीति गरेँ। नयाँ पार्टी भन्ने पुराना पार्टीको आलोचना मात्रै गर्ने, यसरी हुँदैन, वैकल्पिक शक्ति बनाउनुपर्छ भन्दै आएको थिएँ। वैकल्पिक शक्ति बनाउने प्रयास थियो, सकिएन,’ उनले नेपालखबरसँग भने, ‘त्यसैले लोसपा छाडेको हुँ।’

नेता लेखीले नयाँ पार्टीहरु पुराना पार्टीभन्दा गएगुज्रिएका बनेका पनि टिप्प्णी गरे। उनले अब नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेमध्ये कुनै एक पार्टीको राजीनतिमा संलग्न हुने पनि जानकारी दिए। 

तर, लोसपा स्रोतले एमालेमा जाने सोच बनाएर नेता लेखीले राजीनामा दिएको दाबी गरेको छ। 

एमालेमा जाँदै हुनुहन्छ? भन्ने प्रश्नमा लेखीले भने, ‘पुरानो ब्याकग्राउन्ड भएर साथीहरुले अनुमान गर्नुभएको होला। कांग्रेस, माओवादी र एमालेमध्ये कुनै एक पार्टीमा जान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad