ad ad

राजनीति


ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री

ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री

नज्ला बौडेन रोमाधाने


नेपालखबर
असोज १४, २०७८ बिहिबार १३:५६, काठमाडौँ

ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री बनेकी छन्।

विश्व बैंकमा इन्जिनियरका रूपमा कार्यरत नज्ला बौडेन रोमाधाने ट्युनिसियाको पहिलो प्रधानमन्त्री बनेकी हुन्। 

त्यहाँका राष्ट्रपति काइस सइदले बिहीबार उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्।

अघिल्ला प्रधानमन्त्रीलाई बर्खास्त गर्दै राष्ट्रपतिले बौडेनलाई कार्यकारी बनाएका हुन्।

दुई महिनाअघि राष्ट्रपति सइदविरुद्ध सत्ता विप्लवको आरोप लागेको थियो। गत महिना उनले प्रधानमन्त्री बर्खास्त गर्दै संसद् भंगसमेत गरेका थिए।

त्यसपछि नयाँ सरकार गठन गर्न सइदलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट व्यापक दबाब आइरहेको थियो।

यसबीच राष्ट्रपति सइदले संविधानै संशोधन गरी आफूलाई थप शक्तिशाली बनाएका छन्। सोही आधारमा उनले रोमाधानेलाई नयाँ प्रधानमन्त्री  घोषणा गरेका हुन्। 

रोमाधानेले ट्युनिसियाको दसौं र पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर पाएकी हुन्।

त्यहाँ लामो समयदेखि शासन गरिरहेका   तानाशाह जिने एल अबिदिने बेन अलीलाई सन् २०११ मा विद्रोहमार्फत हटाएपछि लोकतान्त्रिक अभ्यास सुरु भएको हो।

तर नयाँ राष्ट्रपति सइदको व्यवहारप्रति पनि टिप्पणी हुन थालेका छन्। ट्युनिसिया आर्थिक र राजनीतिक संकटसँग जुधिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .