राजनीति


प्रचण्डको गुनासो : जनयुद्धमा जस्तै अझै हामीलाई घेराबन्दी गर्दैछन्

सम्भवत: आजभोलि नै सरकार विस्तार हुने भनाइ
प्रचण्डको गुनासो : जनयुद्धमा जस्तै अझै हामीलाई घेराबन्दी गर्दैछन्

नेपालखबर
असोज १४, २०७८ बिहिबार १२:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजभोलि नै सरकार विस्तार हुन सक्ने बताएका छन्। 

सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई काठमाडौंमा बिहिबार सम्बोधनका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको अढाई महिना बितिसक्दा पनि पूर्णता पाउन नसकेको बेला प्रचण्डले आजभोलि नै सबै कुरा टुंगिने बताए। 

'हामीले ऊर्जा र अर्थमन्त्रालय लिएका छौँ। अरु मन्त्रालय सम्भवत: आजभोलि नै टुंगिने छ', उनले भने, 'अब गठबन्धन सरकार विस्तार भएर जनयुद्धका घाइते र अपाङ्गका माग पनि सम्बोधन गर्ने दिशामा अघि बढ्नेछौँ।'

अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनका उपलब्धी उल्ट्याउन खोज्नेविरुद्ध आफूहरुले जितेको बताए। 

'हामीले प्रतिगामीविरुद्धको लडाइँ जितेका छौँ, त्यो पनि एउटा जनयुद्ध नै हो', उनले भने, 'हामी पराजित भएको भए गणतन्त्र नै उल्ट्याउने काम हुन्थ्यो। भिन्न रुपको जनयुद्ध नै हामीले जितेका थियौँ।'

शान्ति प्रक्रियाको १५ वर्षपछि पनि पनि आफूहरुलाई अझै घेरा हाल्ने काम भइरहेको दाबी प्रचण्डले गरेका छन्। 

'शान्ति प्रक्रियापछिको १५ वर्षपछि उनीहरुले हामीलाई घेरा हालिरहेका छन्। घेरा तोड्ने र प्रतिरोध गर्ने अभियानमा हामी छौँ', उनले भने, 'हामी सरकारको साझा न्यूनतम् कार्यक्रममा कम्तीमा जनयुद्धका सहिदबारे ठोस निर्णय लिन्छौँ। सत्य निरुपण तथा बेपत्ता आयोगलाई सक्रिय बनाएर राहत प्रक्रिया अघि बढाउँछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad