राजनीति


उपत्यकामा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिने गृहमन्त्रीको संकेत

उपत्यकामा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिने गृहमन्त्रीको संकेत

नेपालखबर
असोज १४, २०७८ बिहिबार ६:५०, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले उपत्यकाको रात्रिकालिन व्यवसायलाई पुरानै शैलीमा सञ्चालन गर्न दिने संकेत गरेका छन्। 

उपत्यकामा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीसहितका सरोकारवाला निकायका प्रतिनिधिसँग बुधबार मन्त्रालयमा भएको बैठकमा मन्त्री खाँणले यस्तो संकेत गरेका हुन्। 

कोरोना महामारी सुरु भएपछि उपत्यकाको रात्रीकालीन व्यवसाय ठप्प भएको छ। व्यवसायीले रात्रिकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारलाई आग्रह गर्दै आएका छन्।

छलफलमा गृहमन्त्री खाँणले पर्यटन र रात्रीकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउने विषयमा अध्ययन गर्न सरकारले कार्यदल बनाउने जानकारी दिए। ‘कार्यदलले बुझाउने प्रतिवेदनको आधारमा सरकारले रात्रिकालिन व्यवसाय सञ्चालन सम्बन्धि आवश्यक निर्णय गर्ने छ,’ खाँणले भने।

मन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीहरूसमेत रहने कार्यदलले व्यवसाय खोल्दा पार्ने सकारात्मक र नकारात्मक असरबारे प्रतिवेदन बुझाउने उनको भनाई थियो।

‘व्यवसायको सम्मान राष्ट्रको सम्मान हो,’ गृहमन्त्री खाँणले भने, ‘पर्यटन र रात्रीकालीन व्यवसायलाई सम्मानित बनाउनुपर्छ। सरकार पर्यटन व्यवसायमैत्री छ। हामी तपाईंहरूलाई स्वतन्त्र रूपमा व्यवसाय चलाउन दिने पक्षमा छौं।’

व्यवसाय सञ्चालन गर्न दिने नाममा सरकार नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट भने पछि नहट्ने बताए। उनले कोरोना संक्रमण बढ्न नदिने गरी स्वास्थ्य मापदण्ड पालनामा भने सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

बैठकमा गृहसचिव टेकनारायण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए। ‘पर्यटन व्यवसाय खुलेपछि बन्द नहुनेगरी सजगता अपनाएर सञ्चालन गर्नुपर्छ। त्यसका लागि व्यवसायी गम्भीर र जिम्मेबार बन्नुपर्छ,’ उनले भने। 

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने अहिलेसम्म पर्यटन व्यवसाय खुल्दा स्वास्थ्यको मापदण्ड पालनामा समस्या देखिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad