समाज


आज कुन कुन प्रदेशमा कस्तो वर्षा होला?

आज कुन कुन प्रदेशमा कस्तो वर्षा होला?

नेपालखबर
असोज १४, २०७८ बिहिबार ६:४२, काठमाडौँ

यतिबेला (बिहीबार बिहान साढे ६ बजे मौसमविद्सँग कुरा गर्दा) रुकुम र अछाममा छिटफुट वर्षा भइरहेको छ। देशका अन्य स्थानमा अहिले कतै वर्षा नभएको मौसमविद् समीर श्रेष्ठले बताए। 

उनका अनुसार हाल देशका धेरैजसो स्थानमा सामान्य (धेरैजसो आकाश बादलले ढोकेको, केही खाली) देखि पूर्ण (पूरै आकाशमा बादल) सम्म बदली भएको छ। 

आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ) देशभर मौसम सामान्य बदली रहनेछ भने प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ। 

आज राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली हुनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसमविद् श्रेष्ठका अनुसार आज दिउँसो वा साँझपख मेघगर्जनसहित मध्यमसम्मको क्षणिक वर्षा हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad