नेकपा (एकीकृत समाजवादी) ले आफ्ना तर्फबाट गठबन्धन सरकारमा पठाउने मन्त्रीहरूको नाम लगभग चयन गरेको छ।
स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीबाट विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरिएको हो।
एकीकृत समाजवादीले ६ वटा मन्त्रालय पाउँदै छ। बाँकी एक मन्त्री भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जनालाई पठाउने तयारी भएको स्रोतले जानकारी दिएको छ।
आज बिहानै पदाधिकारी बैठक बसेर मन्त्रीहरूको नामको अन्तिम टुंगो लाग्ने नेकपा एकीकृत समाजवादीका एक नेताले बताएका छन्।
987
Shares
प्रतिक्रिया