संयुक्त राष्ट्रसंघको ७४औँ स्थापना दिवस आज विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ। यसै अवसरमा राष्ट्रिय सभागृहमा नेपालस्थित राष्ट्रसंघीय कार्यालय र त्यसका विशिष्टिकृत १९ वटा संस्थाले चेतनामूलक कार्यक्रम आयोजना गरेका थिए।
सो अवसरमा नेपालमा ती संस्थाले सम्पादन गरेका कामका साथै मानवअधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, गरीबी निवारण, लैंगैक समानता, विधिको शासन प्रवद्र्धनजस्ता विषयमा प्रस्तुति गरिएको थियो। युवा वर्गलाई सत्मार्गमा लगाउने तथा त्यस निम्ति संयुक्त राष्ट्रसंघको सान्दर्भिकता र युवामैत्री राष्ट्रसंघ विषयमा चारजना युवायुवतीले आ–आफ्ना अभिव्यक्ति दिएका थिए।
यसै उपलक्ष्यमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले दिको संक्षिप्त सन्देशमा संयुक्त राष्ट्रसंघको बडापत्रका चिरस्थायी आदर्शको परिपालना गरिरहँदा नयाँ–नयाँ समस्याले विश्व समुदायलाई गाँजिरहेको बताबताएका छन्। उनले विश्व र विश्ववासी ती समस्याको सामना गर्न अभ्यस्त रहेका पनि बताएका छन्।
युद्धको विभिषिकाबाट विश्व र भावी पुस्तालाई बचाउन ७४ वर्षअघि आजकै दिन उक्त विश्व संस्था स्थापना भएको हो। सुरक्षा परिषद्का पाँच स्थायी राष्ट्र चीन, फ्रान्स, बेलायत, अमेरिका र तत्कालीन सोभियत सघीसहितका राष्ट्रले संयुक्त राष्ट्रसंघ स्थापनासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेसँगै यो विश्व संस्था अस्तित्वमा आएको हो। रासस

प्रतिक्रिया