यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ।
म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले पत्रकारलाई जानकारी दिएका छन्।
उक्त विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ।
सो विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि सो पत्रिकाले जानकारी दिएको छ।

प्रतिक्रिया