सरकारले भाइटीकाको भोलिपल्ट (कार्तिक १३ गते) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेवार समुदायले पञ्चाङ्ग निर्णयक समितिले सार्वजनिक गरेको भाइटीकाको साइत गलत भएको भन्दै १३ गते पनि बिदा दिन आग्रह गरेको थियो। सरकारले नेवारी समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए।
पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया