राजनीति


कांग्रेसकाे क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिदै

कांग्रेसकाे क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिदै

नेपालखबर
असोज ३, २०७८ आइतबार १२:४१, काठमाडौँ

नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान हुन बाँकी रहेका जिल्लाहरुको विवाद आइतबार टुंगिदैछ।

अधिवेशन सुरु नभएका जिल्लाहरुमा वडा अधिवेशन आउन दुई दिन बाँकी रहँदा कांग्रेस सदस्यता विवाद समाधान गर्न लागेको हो।

क्रियाशील सदस्यता छानविन समितिका सदस्य प्रदीप पौडेलले आइतबार बाँकी रहेका सम्पूर्ण जिल्लाको विवाद टुंगिने जानकारी दिएका छन्। उनले १३ जिल्लाको विवाद समाधान उन्मुख रहेको बताए।

कांग्रेसले विवाद समाधान नभएकै कारण प्रदेश नम्बर २ का आठ जिल्लासँगै कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन।

कांग्रेसले यसअघि भदौ ३० गते थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको थियो। योसँगै ६४ जिल्लाका कांग्रेस क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको थियो।

त्यसअघि कांग्रेसले यसअघि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको थियो। यसअघि ५६ जिल्लाको नामावली सार्वजनिक गरेर वडा अधिवेशन सुरु गरिएको थियो।

विवाद समाधानका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले काम गरिरहेको छ।

समितिमा केन्द्रीय सदस्यहरु डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन्। उक्त कार्यदललाई लेखक संयोजकत्वको छानविन समितिले सघाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad