राजनीति


संसदमा हामीले नारा लगाइरह्यौँ, मन्त्री रिलेदौड कुँदे : ओली

संसदमा हामीले नारा लगाइरह्यौँ, मन्त्री रिलेदौड कुँदे : ओली

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १६:९, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको कारण बजेट रोकियो भन्ने सरकारको भनाइप्रति आपत्ति जनाएका छन्।

बिहीबार आयोजित कार्यक्रममा उनले सरकारको असक्षमताका कारण मुलुक बजेटविहीन अवस्थामा पुगेको बताए।

उनले संसदमा एमालेले नाराजुलुश गरिरहे पनि सभामुखले बैठक अघि बढाएको र आफूलाई चाहिने काम गरेको तर देशलाई बजेटविहीन बनाएको आरोप लगाए।

एमालेको अवरोधबीच पनि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट पेश गरेका थिए।

‘नेकपा (एमाले) का कारण बजेट रोकियो रे’ ओलीले भने ‘हामीले देख्याछैनौँ संसदमा मन्त्री रिले दौड कुँदेको? हामीले नारा लगाइरह्यौँ। मन्त्री खुरुरुरु रिलेदौड कुँदेर गए। सभामुखले यसो गर भने, उसो गर भने।’

उनले दुई महिना बितिसक्दा समेत मन्त्रीसमेत बनाउन नसकेर सरकारले असक्षमता देखाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .