ad ad

राजनीति


माधव नेपालप्रति ओलीको कटाक्ष : घरमा आगो लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किए

माधव नेपालप्रति ओलीको कटाक्ष : घरमा आगो लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किए

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १५:५३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई ‘आफ्नै घरमा आगो लगाएर घरानी घसेर हिँडेको’ भन्दै कटाक्ष गरेका छन्।

बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार ढालेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएको तथा पार्टी विभाजन गरेको भन्दै कडा आलोचना गरे। 

सँगै उनले आफ्नो सरकार ढाल्न माधव नेपाललाई साथ दिएको भन्दै आफ्नै पार्टीमा सामेल नेताहरूप्रति पनि व्यंग्य गरे। 

‘हाम्रो पार्टीको सरकार ढाल्नका लागि हिँडे। विश्वासको मत दिएनन्। नेकपा (एमाले) को सरकार भयो भने प्रतिगमन हुन्छ रे’ उनले भने, ‘राष्ट्रपतिकहाँ दरखास्त लिएर गए, अदालतमा निवेदन लिएर गए। आफ्नो पार्टीको सरकार ढाल्न प्रतिपक्षी नेतालाई प्रधानमन्त्री बनाउन गए। यो भन्दा ठूलो लज्जा, यो भन्दा ठूलो अपराध, यो भन्दा ठूलो अनैतिकता के हुन्छ?’

उनले माधव नेपालको नेतृत्वमा निकम्मा सरकार बनाउने काम गरेको आरोप लगाए। अहिलेको सरकार टुटेफुटेका दलहरूको गठबन्धनले बनाएको ‘निकम्मा सरकार भएको’ उनको आरोप छ। उनले फेरि जनादेशबाट सरकार बनाउने दाबी पनि गरे।

‘हामी सँग जस्ताको तस्तै र अझ मजबुत पार्टी छ। हामीसँग सबकुछ छ। यस्ता सरकार हामी फेरि बनाउँछौं’ उनले भने, ‘यो त जनादेशबाट होइन, परमादेशबाट आएको सरकार हो। निकम्मा सरकार हो। केही गर्न नसक्ने।’

उनले माधव नेपालले कार्यकर्ताको भविष्य बर्बाद पारेको आरोप पनि लगाए। ओलीले पार्टी चोइट्याएर ‘घरमा आगो लगाएर घरानी घसेर हिँडेको’ बताए।

‘उहाँ (माधव नेपाल) त प्रधानमन्त्री भइसक्नुभयो। धेरै वर्ष पार्टी प्रमुख भइसक्नुभयो। अब त्यहाँभन्दा माथि जाने ठाउँ कहाँ छ?’ उनले भने, ‘आफ्नो स्वार्थका लागि पार्टी कार्यकर्ताको भावनासँग खेलवाड गर्ने? अरुको भविष्यसँग खेलवाड गर्ने? देशको भविष्यसँग खेलवाड गर्ने?’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .