प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काम मात्रै गरेको आरोप लगाएका छन्।
बुटवलमा बुधबार आयोजित एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारले अब घण्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाए।
शेरबहादुर देउवा नेतृत्वको सरकारले घण्टाघर भत्काए पनि बनाउन नसक्ने ओलीले दाबी गरेका छन्।
'हामीले धरहरा बनायौं । रानीपोखरी बनायौ,' उनले भने, 'अब यिनीहरूले घण्टाघर भत्काएर नयाँ बनाउने रे! यिनीहरूले भत्काउलान् तर बनाउँदैनन्। यिनीहरूले भत्काएमा हामी आएर भव्य घण्टाघर बनाउँछौं। एमालेले बनाउँछ।'
81
Shares

प्रतिक्रिया