नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले ल्याइदिएको कोभिडविरुद्धको खोप पनि वर्तमान सरकारले वितरण गर्न नसकेको आरोप लगाएका छन्।
कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे।
बुटवलमा बुधबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश व्यक्त गरे।
'खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्यौं । करोडौं खोप ल्यायौं । अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,' उनले भने, 'मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए । केही पनि नजाने मान्छे ल्याएर जागिर खुवाएर राख्या छ ।'
आफूले ल्याएका विकास निर्माणका योजनाहरु काम गर्न नसकेर सरकारले धमाधम रद्ध गरिरहेको ओलीले बताए। उनले अब सरकारले घण्टाघर भत्काउने भन्दै तर यो सरकारले त्यसलाई बनाउनै नसक्ने पनि जिकिर गरे।
Shares

प्रतिक्रिया