राजनीति


प्रदेश १ : अल्पमतमा परेका मुख्यमन्त्रीले सरकार विस्तार गर्दै

प्रदेश १ : अल्पमतमा परेका मुख्यमन्त्रीले सरकार विस्तार गर्दै

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १६:५२, काठमाडौँ

अल्पमतमा परिसकेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। 

पाँचजना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाकार देवेन्द्र कार्कीले बताएका छन्। 

उनका अनुसार दुई मन्त्री र तीन राज्यमन्त्री थप्नेबारे छलफल भइरहेको छ। नवनियुक्त मन्त्रीहरूलाई बुधबार नै सपथ गराउने कार्यक्रमसमेत तय भएको कार्कीले बताए ।

मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको र राज्यमन्त्रीका विषयमा छलफल भइरहेको उनले बताए। 

तुलसी न्यौपाने र हिरा थापाको नाम मन्त्रीमा टुंगो लागिसकोको छ। कुन मन्त्रालय दिने भन्ने छलफल भइरहेको कार्कीले बताए । 

यस्तै राज्यमन्त्रीमा उत्तम बस्नेत, ज्ञानेश्वर राजवंशी, यशोदा अधिकारी, नरेन राई र अम्बिका थापाको नामबारे मुख्यमन्त्री कार्यालयमा छलफल भइरहेको छ। बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले मन्त्री हुन अस्वीकार गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad