राजनीति


अफगानिस्तानमा तालिबानको सरकार बनाउन काबुल पुगे बरादर

अफगानिस्तानमा तालिबानको सरकार बनाउन काबुल पुगे बरादर

फाइल तस्बिर: तालिबान नेता मुल्ला अब्दुल गनी बरादर (कालो फेटा र लामो दारी)


नेपालखबर
भदौ ५, २०७८ शनिबार १४:७, काठमाडौँ

अफगानिस्तानमा नयाँ सरकार गठन गर्न तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर त्यहाँको राजधानी काबुल पुगेका छन्। 

बीबीसीका अनुसार काबुलमा उनले तालिबानका सदस्य एवं नेतासँग संवाद गर्नेछन्। 

तालिबानका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी एएफपीसँग समावेशी सरकार गठनका लागि बरादरले काबुलमा जिहादी नेता र अन्य व्यक्तिसँग भेटवार्ता गर्ने बताएका छन्। 

बरादर सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका थिए। त्यसपछि सन् २०१८ मा उनलाई कतार पठाइएको थियो। 

दोहामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि बरादरलाई तालिबानको राजनीतिक कार्यालय प्रमुखमा नियुक्त गरिएको थियो।   

बरादर कतारबाट मंगलबार अफगानिस्तानको दोस्रो ठूलो सहर पुगेका थिए, जसलाई तालिबानको जन्मभूमि पनि मानिन्छ। 

तालिबानले काबुल कब्जा गरेको केही घण्टापछि आफूले गर्ने शासन फरक हुने घोषणा गरेको थियो। 

केही दिनअघि तालिबानले राजधानी काबुल कब्जा गर्नासाथ त्यहाँका राष्ट्रपति असरफ गनी राष्ट्रपतिको कार्यालय छाडेर भागेका थिए। अहिले उनी यूएईमा सपरिवार शरण लिएर बसेका छन्। 

यो पनि–

कुरानका पंक्ति उद्धृत गर्दै पाकिस्तानी तालिबानले दियो अफगानी तालिबानलाई बधाई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad