राजनीति


महरा थप पाँच दिन थुनामा

महरा थप पाँच दिन थुनामा

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १२:५८,

काठमाडौं जिल्ला अदालतले बलात्कार प्रयासका आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन थुनामा राख्ने अनुमति दिएको छ।

जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले महरालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो। यसअघि महरालाई तेह्रा दिन हिरासतमा राख्ने अनुमति दिएको थियो। प्रहरीले महराको बयान नसकिएको भन्दै पाँच दिन म्याद थप गर्न अदालत समक्ष आग्रह गरेको थियो। 

यसैबीच बलात्कार प्रयासकाे आरोप लगाउने रोशनी शाहीले महराले आफूलाई बलात्कार प्रयास नगरेको भन्दै अदालत समक्ष निवेदन दिएकी छिन्। महरालाई म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराउँदा सँगै रहेकी शाहीले त्यस्तो निवेदन दिएकी हुन्।

शुरुमा तत्कालीन सभामुख महराले आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर पछि त्यसलाई अस्वीकार गरेकी शाहीले बलात्कार प्रयास गरेको भन्दै फेरि प्रहरीमा निवेदन दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad