नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबारनै नयाँ दल दर्ताको तयारी भइरहेको बताएका छन्।
नयाँ बानेश्वरस्थित होटल अर्यालमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले बुधबारनै नयाँ दल दर्ताको तयारी गरिएको बताएका हुन्।
नयाँ दल दर्ताका बारेमा परामर्श गर्न होटल अर्यालमा नेपाल पक्षीय नेताहरुको छलफल जारी छ।
नेता नेपाल भने केही समयका लागि बैठकस्थलबाट बाहिरिएका छन्। नेपाल समूहले नेकपा एमाले समाजवादी नामक पार्टी दर्ता गर्ने निर्णय गरिसकेको छ।
उक्त समूहको केन्द्रीय सदस्य र सांसदहरुको बुधबारनै बसेको बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको थियो।
129
Shares
प्रतिक्रिया