राजनीति


संसद विघटनविरुद्ध परेका सबै रिट खारेज

संसद विघटनविरुद्ध परेका सबै रिट खारेज

नेपालखबर
भदौ २, २०७८ बुधबार १५:२२, काठमाडौँ

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद विघटन गरेपछि परेका सबै रिटहरू खारेज भएका छन्। 

संवैधानिक इजलासले बुधबार संसद विघटनपछि परेका २९ रिटमाथि सुनुवाइ गर्दै खारेज गरेको हो। 

यसअघि शेरबहादुर देउवासहित १४६ सांसदको रिटमा सुनुवाइ गरेकै न्यायाधीशहरुको इजलासमा पेशी तोकिएको थियो। 

रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो।

२९ मध्य ४ वटा रिटमा भने केपी ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको थियो। केही रिटको भने प्रारम्भिक सुनुवाइ पनि भएको थियो। 

तर, पछि इजलास गठनमा विवाद भएपछि सुनुवाइ सुरुबाटै भयो र देउवासहितको रिटको सुनुवाइ सकेर मात्रै अरु रिटमा जाने इजलासले निर्णय गरेको थियो। 

देउवासहितका सांसद नै सर्वोच्च पुगेर रिट दायर गरेपछि संवैधानिक इजलासले उक्त रिटको सुनुवाइ गरेर मात्रै अन्य रिटबारे फैसला गर्ने निर्णय गरेको थियो। 

उक्त रिटमा असार २८ गते फैसला गर्दै देउवालाई दुई दिनभित्रमा प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। सोही आदेश अनुसार असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .