संविधानविद् भीमार्जुन आचार्यले सरकारले अध्यादेश ल्याउनु संविधाानविपरीत काम भएको बताएका छन्।
देउवा सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि संविधानविद् आचार्यले यो संविधानप्रति नै जालसाजी काम भएको टिप्पणी गरेका हुन्। हिजो ओली सरकारले गर्दा गलत भनिएको काम आज देउवा सरकारले गर्दा ठीक नहुने उनको तर्क छ।
‘हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन। असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन,’ मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत संविधानविद् आचार्यल भनेका छन्, ‘अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथिकै जालसाजी काम हो।’
यो पनिः
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याए दल विभाजन
Shares

प्रतिक्रिया