अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका आफ्ना सैनिकलाई तालिनबानले आक्रमण गरे नतिजा नराम्रो हुने चेतावनी दिएका छन्।
तालिबानले अफगानिस्तानको काबुल कब्जा गरेपछि टेलिभिजनबाट सम्बोधन गर्दै अमेरिकाका राष्ट्रपति बाइडेनले अमेरिकी सैनिकलाई हमला गरियो भने आफ्नो पूरै शक्तिले जवाफ दिने चेतावनी तालिबानलाई दिएका हुन्।
‘तालिबानलाई हामीले स्पष्टसँग भनिसकेका छौं– यदि अमेरिकी सैनिकविरुद्ध आक्रमण वा अमेरिकाको अभियानमा अवरोध गरियो भने अमेरिकाले तुरुन्त त्यसको जवाफ दिनेछ, आवश्यक परे आफ्नो पूरै विध्वंसक शक्तिका साथ आफ्ना नागरिकको रक्षा गर्छ।’
बाइडेनले अगाडि भने, ‘म चौथो (अमेरिकाको) राष्ट्रपति हुँ र अफगानिस्तान संकटको आगो झेलिरहेको छु। म यस युद्धको आगो मपछिका राष्ट्रपतिसम्म पुग्न दिन्नँ।’
अफगानिस्तानको वर्तमान अवस्था देखेर आफूलाई दुःख लागेको उल्लेख गर्दै बाइडेनले भने, ‘तर अफगानिस्तानको युद्धमा अमेरिका अलग हुने निर्णयप्रति मलाई कुनै पछुतो छैन। यो युद्ध यहीँ अन्त्य हुन आवश्यक छ।’
–तालिबानको त्रासमा अफगान महिला, भन्छन्ः अब हाम्रो हालत के होला!
–आखिर तालिबान कस्तो समूह हो? यस्तो छ यसको नालीबेली
Shares
प्रतिक्रिया