ad ad

राजनीति


ज्यान मुद्दाको आरोप लागेका सांसद गुरुङ अदालत उपस्थित

ज्यान मुद्दाको आरोप लागेका सांसद गुरुङ अदालत उपस्थित

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ८:१७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं दोलखाका सांसद पार्वत गुरुङ अदालतमा उपस्थित भएका छन्।

काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग पक्राउ पुर्जी जारी भएपछि सांसद गुरुङ आइतबार आफैँ अदालतमा उपस्थित भएका हुन्।

उनी बिहान सवा १० बजे कानून व्यवसायीको टोलीसहित अदालतमा उपस्थित भएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ।

सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए।

जाहेरीमा खड्काले स्थानीय निर्वाचनलगत्तै सांसद गुरुङ नेतृत्वको टोलीले आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाएका छन्।

काठमाडौँ जिल्ला अदालतले १२ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय दोलाखालाई पत्र पठाउँदै अदालत उपस्थित गराउन आदेश गरेको थियो।

जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय सिँगटीमा पत्र पठाएपछि ८ असोजमा गुरुङलाई म्याद तामेल गरिएको थियो।

म्याद तामेली भएको झण्डै एक महिनापछि सांसद गुरुङ अदालतमा उपस्थित भएका हुन्। उनको आजै बयान लिइने अदालतले जनाएको छ।

सांसद गुरुङमाथि लागेको आरोप प्रमाणित भएमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .