राजनीति


अफगानिस्तान मामिलामा गोकुल बाँस्कोटाद्वारा सरकार र सम्पादकको आलोचना

अफगानिस्तान मामिलामा गोकुल बाँस्कोटाद्वारा सरकार र सम्पादकको आलोचना

नेपालखबर
साउन ३१, २०७८ आइतबार १६:२, काठमाडौँ

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले हिंसाग्रस्त अफगानिस्तानबाट नेपालीलाई स्वदेश फिर्ता ल्याउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन्। 

यस क्रममा उनले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको सरकार हुँदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर टिप्पणी गर्ने सम्पादकहरूविरुद्ध पनि कटाक्ष गरेका छन्। 

‘तनावग्रस्त अफगानिस्तानबाट जीवन रक्षा गरिदिन त्यहाँ रहेका नेपालीले माग गरिरहेका छन्, तर कहा हरायो परमादेश सरकार, अनि के गर्दै छन्, ओली हुँदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर कान टट्टाउन्जेल र आखा तिरमिराउन्जेल समाचार भट्याउन लगाउने सम्पादकहरू,’ पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले आइतबार अपराह्न सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले नेपालीलाई तत्काल सुरक्षित फिर्ता गराओस्।’

–​अफगानिस्तानका नेपालीलाई सम्पर्कमा आउन आग्रह, परराष्ट्रले बनायो समिति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad