चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’अब छिट्टै नेपाली बजारमा आउने भएको छ।
औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाइट र फेसबुक पेज, इन्स्टाग्राम, तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले निकट भविष्यमै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो।
नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको छ।
‘च्याङ्गन नेपाल’ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचार सामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ। कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाइट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरूलाई उक्त प्लेटफर्महरू मार्फत नै नयाँ जानकारीहरू प्राप्त गर्न उत्प्रेरित गर्नेछ। ग्राहक तथा इच्छुक व्यक्तिहरूले उक्त च्यानलहरू मार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरूको जवाफ प्राप्त गर्न सक्नेछन्।
‘च्याङ्गन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा रहेको कम्पनीको दाबी छ। विगत १५८ वर्षमा कम्पनीले ‘स्थायी सुरक्षा’ को नाराका साथ निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाइल ब्रान्डको रुपमा स्थापित गरेको छ। विश्वका विभिन्न सातवटा स्थानमा अवस्थित खोज तथा अनुसन्धान केन्द्रहरु, तीन वटा विकास केन्द्रहरु, तथा अठार भन्दा धेरै मुलुकका विज्ञहरु अनुसन्धान र उत्पादन विकासमा संलग्न भएको कम्पनीले जनाएको छ।
साथै, कम्पनीले नेपालमा आधिकारिक रुपमै डिजिटल प्लेटफर्महरु मार्फत आफ्नो उपस्थिति सुरुवात गरेको अवसर पारेर एउटा सानो प्रतियोगिता पनि सञ्चालन गरेको छ। जस अन्तर्गत कम्पनीले पहिलो १०० जना फलोअर मध्येबाट भाग्यशाली १० विजेता छान्ने छ र आकर्षक पुरस्कार प्रदान गर्ने छ।
‘भविष्य उन्मुख, सदैव’ भन्ने नाराका साथ कम्पनीले नेपाली अटो बजारमा आफ्नो उपस्थिति जनाउने निश्चय गरेको र निकट भविष्यमै नेपाली सडकहरुमा च्याङ्गनका कारहरु देखिने कम्पनीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया