अफगानिस्तानको विद्रोही समूह तालिबानले काबुल घेरेर ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण कुरिरहेको’ बताएको छ।
हालसम्म अफगानिस्तानका सबैजसो प्रान्त तालिबानको नियन्त्रणमा पुगिसकेको छ भने काबुल तालिबानको चौतर्फी घेराबन्दीमा परेको छ।
यसैबीच, अफगानी राष्ट्रपति असरफ गनीले अमेरिकी विशेष दूत जाल्मे खालिजादसँग आकस्मिक वार्ता गरिरहेको बीबीसीले जनाएको छ।
हिजोमात्रै राजीनामा नदिने बताएका गनीले उत्तर एटलान्टिक सैन्य संगठन नेटोका अधिकारीसँग पनि वार्ता गरिरहेका छन्।
उता कार्यवाहक अफगानी गृहमन्त्रीले एक भिडिओ सन्देशमार्फत संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
उता अफगानी सरकार र तालिबानी प्रतिनिधिबीच पनि वार्ता चलिरहेको बताइएको छ।
तालिबानले काबुलमा हिंसा नमच्चाउने बताएको छ।
24
Shares

प्रतिक्रिया