ग्लोबल


तालिबान काबुल पुगेपछि राष्ट्रपति गानीले डाके आपतकालीन बैठक

तालिबान काबुल पुगेपछि राष्ट्रपति गानीले डाके आपतकालीन बैठक

नेपालखबर
साउन ३१, २०७८ आइतबार १५:४१, काठमाडौँ

तालिबान लडाकुहरुले सत्ता पल्टाउन लागेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गानी अहिले आपतकालीन बैठकमा जुटेका छन्। 

उनले अहिले अमेरिकी विशेष दूत जलमे खलीलजाद र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का उच्च अधिकारीहरूसँग वार्ता गरिरहेका छन्। 

यो बैठक तालिबान काबुलमा पस्दा पस्दै बसेको हो। शनिवार घानीले एक संक्षिप्त भिडियो सन्देश जारी गर्दै देश गम्भीर खतरामा रहेको बताएका थिए। 

उनले आफू अफगानिस्तानको सुरक्षा मजबुत बनाउन र सेनालाई संगठित गर्ने प्रयासमा लागिरहेको बताएका थिए। 

तालिबान लडाकु सोमवार बिहान काबुलको प्रवेशद्वारमा पुगेका हुन्। उनीहरु चारै दिशाबाट काबुलतिर बढिरहेका छन्।

यसअघि उनीहरुले  प्रमुख शहर जलालाबादलाई बिना कुनै प्रतिरोध आफ्नो नियन्त्रणमा लिएका थिए। 

अफगानिस्तानका सुरक्षा बल तीव्र गतिमा ढलिरहेका छन्। यसबाट राष्ट्रपतिमाथि राजीनामाको दबाब बढ्दै गएको छ।

अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षा दिन ५ हजार अतिरिक्त जवान काबुलमा उतारेको छ।

अर्कातिर अमेरिका आफ्ना  नागरिक र  दूतावासका कर्मचारीलाई काबुलबाट तीव्र गतिमा निकालिरहेको छ।

अफगानिस्तानको राजधानी काबुल आज बिहानैदेखि तीव्र गतिमा परिवर्तन भएको छ।

काबुलको चारैतर्फ घेर्दै केही भागमा तालिबानका लडाकु पसेपछि अवस्था फेरिएको हो। 

तर तालिबानका एक अधिकारीले विज्ञप्ति निकालेर लडाकुलाई काबुल बाहिरै प्रवेशद्वारमा रोकिन भनेका छन्। 

तालिबानको यस विज्ञप्तिले अहिले पनि शहरको सुरक्षाको जिम्मेवारी सरकारसँगै रहेको देखिन्छ। तालिबान कुनै क्षतिबिना सत्ता शान्तिपूर्ण हस्तान्तरणका लागि वार्ता भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad