राजनीति


अफगानिस्तानका प्रमुख सहरमध्ये राजधानी काबुल मात्र तालिबानले कब्जा गर्न बाँकी

अफगानिस्तानका प्रमुख सहरमध्ये राजधानी काबुल मात्र तालिबानले कब्जा गर्न बाँकी

नेपालखबर
साउन ३१, २०७८ आइतबार ९:२०, काठमाडौँ

अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहर कब्जा गरेका छन्। 

बीबीसीका अनुसार आइतबार बिहान पूर्वी सहर जलालावाद पनि तालिबानले नियन्त्रणमा लिएको हो। 

अफगान सुरक्षाकर्मीले प्रतिकारबिनै जलालावाद सहर​ तालिबानलाई सुम्पिएको बीबीसीले जनाएको छ। 

योसँगै अब देशका प्रमुख सहरमध्ये अफगान सरकारको पकडमा राजधानी काबुल मात्रै बाँकी बसेको हो।

तालिबानी लडाकुहरू राजधानी काबुल नजिकै पुगिसकेका छन् भने त्यो पनि कब्जामा लिने प्रयासमा छन्। 

–​अफगान सरकारको सबैभन्दा बलियो गढ पनि तालिबानको कब्जामा, काबुल जोगाउन अब मुस्किल

–​​एमाले विदेश विभाग प्रमुखको प्रश्नः अफगानिस्तानमा रहेका नेपाली फर्काउन अझै किन पहल नगरेको!

–​अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काइयोस्ः केसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .