राजनीति


अफगान सरकारको सबैभन्दा बलियो गढ पनि तालिबानको कब्जामा, काबुल जोगाउन अब मुस्किल

अफगान सरकारको सबैभन्दा बलियो गढ पनि तालिबानको कब्जामा, काबुल जोगाउन अब मुस्किल

नेपालखबर
साउन ३१, २०७८ आइतबार ६:१८, काठमाडौँ

अफगानिस्तान सरकार र सेनाको सबैभन्दा बलियो गढ मानिने मजार–ए–सरिफ सहर पनि विद्रोही तालिबानले कब्जा गरेको छ।

यो आक्रमण अफगान सरकारका लागि सबैभन्दा ठूलो झट्का हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मजार–ए–सरिफ बाल्ख प्रान्तको राजधानी र सरकार समर्थक सेनाको अन्तिम गढ थियो।

यसअघि भनिएको थियो– मजार–ए–सरिफ तालिबानले नियन्त्रणमा लियो भने राजधानी काबुल सुरक्षित राख्न गाह्रो हुनेछ।

बीबीसीका अनुसार तालिबानले अफगानिस्तानका अधिकांश स्थान नियन्त्रणमा लिइसकेको छ भने तालिबानी लडाकु राजधानी काबुलको नजिकै पुगिसकेका छन्। 

तालिबानले कब्जा गरेका क्षेत्रहरूमा महिलालाई बुर्का लगाउन बाध्य बनाइएको छ। उग्रवादीहरूले सामाजिक नियम तोडेको भन्दै स्थानीयलाई कुटपिट गरेको बताइएको छ।

पश्चिमी देशहरू आफ्ना नागरिकलाई काबुलबाट बाहिर निकाल्ने प्रयासमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .